झापा, असोज ३ । संविधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले आज बिहान बिर्तामोडमा प्रभातफेरी निकालेको छ ।


हनुमान कम्प्लेक्स अगाडिबाट निकालिएको र्याली मुक्ति चोक, अधुवा खोलाको पुल, इलाका प्रहरी कार्यालय बिर्तामोड हुँदै पुनः मुक्ति चोकमा आई कोणसभामा परिणत हुने भएको छ ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मीहरु सहभागी छन् । सहभागीहरुले “प्रेस स्वतन्त्रता जिन्दावाद, संविधान दिवस जिन्दावाद, संविधानको रक्षा गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, भ्रष्टाचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना” जस्ता नारा लगाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्