झापा , असोज ४ । काठमाण्डौंको सुन्धारा कारागारबाट फरार एकजना कैदी झापामा पक्राउ परेका छन् ।

ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका काभ्रेपलान्चोक श्यामपाटी– ८ घर भएका २८ वर्षीय बेशु तामाङ पक्राउ परेका हुन् ।
हिजो साँझ ६ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तामाङलाई भद्रपुर ५ स्थित भद्रपुर बजारबाट पक्राउ गरेको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उनी कारागारबाट भागेका थिए ।



