झापा, असोज ४ । इलामको सूर्योदय नगरपालिका २ बौद्धधामस्थित झाडीमा एक व्यक्ति मृत फेला परेका छन् ।

आज बिहान करिब ७ः४० बजे झाडीमा उतानो परी मृत अबस्थामा रहेको भनी स्थानीयले इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएको थियो । मृतक पाँचथर फाल्गुनन्द ५ घर भई हाल सूर्योदय ३ स्थित आफ्नै दाजु जितबहादुर नेम्वाङको घरमा बस्दै आएका ३३ वर्षीय योगेश नेम्वाङ रहेको खुलेको छ ।

थप अनुसन्धान तथा कानुनी प्रकृया पूरा गरी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्