झापा,असोज ४ । बडादशैं नजिकिएसँगै दशैं मनाउन घर फर्कने यात्रुहरुको संख्या बढ्दै गएको छ ।

काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगायतका स्थानबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो ।
उपत्यकाका बिभिन्न नाकाबाट यसअघिका वर्षको तुलनामा यस वर्ष घटस्थापना अघि नै धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
यस वर्षपनि १५ लाख भन्दा बढी सर्वसाधारण दशैं मनाउन घर फर्कने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्