झापा, असोज ५ । झापा हल्दिवारीका एक ९ वर्षीय बालकले झुन्डिएर आत्महत्या गरेका छन् ।

गएराति ९ बजे हल्दिवारी –२ जीवनवारी बस्ने सशस्त्र प्रहरी वरिष्ठ हवलदार विरेन राजवंशीका छोरा ९ वर्षीय आयुष राजवंशी आफ्नै घरको मुल ढोकामा सारीको पासो लगाई मृत अवस्थामा फेला परेका हुन् ।
खबर गर्नासाथ प्रहरी चौकी हल्दीबारीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गएर सम्पुर्ण कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।



