झापा, असोज ६ । प्रधानमन्त्री सुशीला कार्कीले पाँच जना मन्त्रीको नाम सिफारिस गरेकी छन्।

आइतबार प्रधानमन्त्री कार्कीले पाँच जनालाई मन्त्री नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नाम सिफारिस गरेको स्रोतले जानकारी दिएको छ।

बालुवाटार स्रोतका अनुसार अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन, संगीता मिश्रा, जगदीश खरेललाई मन्त्रीका लागि सिफारिस गरिएको हो।प्रधानमन्त्री कार्कीले सिन्हालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, परियारलाई कृषि, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मिश्रालाई स्वास्थ्य र खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतको भनाइ छ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र सपथ आज हुने छ। कार्कीले यसअघि गृहमा ओमप्रकाश अर्याल, अर्थमा रामेश्वर खनाल र ऊर्जामा कुलमान घिसिङलाई मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्