झापा, असोज ९ । कोशी प्रदेश प्रहरी कार्यालय बिपद व्यबस्थापन गुल्म चन्द्रगढी झापामा कार्यरत एक प्रहरी जवानले झुन्डिएर आत्महत्या गरेका छन् ।

] भद्रपुर नगरपालिका ८ बस्ने सत्यनारायण राजवंशीको घरमा डेरा गरी बस्ने धनकुटा साँगुरीगढी गाउँपालिका ७ घर र इलाका प्रहरी कार्यालय बिराटचौक मोरङ दरबन्दी भई कोशी प्रदेश प्रहरी कार्यालय बिपद व्यबस्थापन गुल्म चन्द्रगढीमा कार्यरत २९ वर्षीय प्रहरी जवान उमेश राईले हिजो आफू बस्ने कोठाको सिलिङ पंखामा नाइलनको डोरीको पासो लगाई आत्महत्या गरेका हुन् ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट टोली खटिएको छ । उनकी श्रीमती मल्लिका राई पनि प्रहरी जवान हुन् ।



