झापा, असोज ९ । झापा अर्जुनधारा –८ का वडाध्यक्ष कुमार उप्रेतीको पुत्ला दहन गर्दै सार्वजनिक रुपमा माफी माग्न चेतावनी दिइएको छ ।

आज साँझ अर्जुनधारा –८ स्थित शनिश्चरे चोकमा लंका रिसोर्टका संचालक उत्सब ढकालको नेतृत्वमा करिब ५० जना स्थानीय युवाहरुको उपस्थितिमा अर्जुनधारा–८ का वडाध्यक्ष उप्रेतीको पुत्ला दहन गरिएको हो ।
उनले भदौ २४ गते जेनजी आन्दोलनको क्रममा अर्जुनधारा नगरपालिकाका विभिन्न वडा कार्यालयहरुमा भएको तोडफोड तथा आगजनीमा ब्यवसायी उत्सब ढकालको संलग्नता रहेको भन्ने आरोप लगाएका थिए । त्यसको विरोधमा उनको पुत्ला दहन गरिएको हो ।




