झापा, असोज १० । झापा बुद्धशान्ति वडा न.३ स्थित खुल्ला चौरमा एक व्यक्ति मृत फेला परेका छन् ।

आज साँझ ६ बजे बुद्धशान्ति वडा न.३ बुधबारेकी कृष्णमाया संग्रौलाको घरमा डेरा गरी बस्ने अन्दाजी बर्ष ५२ का टुनु साह घोप्टो परी मृत अवस्थामा फेला परेका हुन् । उनको मृत्युको कारण खुलिसकेको छैन । स्थानीयहरुको भनाई अनुसार उनी बिगतदेखि नै अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको छ ।
थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको कमाण्डमा टोली खटिएर शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।