झापा, असोज ११ । झापाको कन्काई नगरपालिका वडा न.४ कोटीहोममा बेवारिसे शव फेला परेको छ ।

आज साँझ ६ बजे कोटीहोमस्थित बाटोको छेउमा अन्दाजी ५५÷६० वर्षको पहाडे मुलको देखिने तत्काल नामथर वतन नखुलेको पुरुष उत्तानो परेको अबस्थामा मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्