झापा,असोज ११ । झापाको कन्काई नगरपालिका वडा न.४ कोटीहोममा फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ ।

मृतक शिवसताक्षी नगरपालिका वडा न.२ बस्ने अन्दाजी बर्ष ६४ का मित्रबहादुर लिम्बू हुन् । मृतकका भान्जा मोहन लिम्बूले शव पहिचान गरेका थिए । मृतक लिम्बूकी श्रीमतीलाई समेत जानकारी भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज साँझ ६ बजे कोटीहोमस्थित बाटोको छेउमा लिम्बू उत्तानो परेको अबस्थामा मृत फेला परेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्