कुमरखोद , असोज १२ । दशैको अवसरमा झापा गाउँपालिकाको झापा बजारमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।


झापा बजार व्यवस्थापन समितिको आयोजनामा वडा नं २ अन्तर्गत झापा बजारमा रहेका दुर्गा मन्दिर परिसर, हनुमान मन्दिर , लक्ष्मीनारायण मन्दिर र कृषिबजार क्षेत्रमा सरसफाई गरिएको हो । भोलि हुने फुलपाती कार्यक्रमलाई मध्यनजर गर्दै सरसफाई गरिएको वजार व्यवस्थापन समितिका अध्यक्ष वरतलाल राजवंशीले बताए ।

सरसफाई कार्यक्रममा वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाई , न्यायिक समिति सदस्य राजकुमार कोच ,परिषद सदस्य बाबरी परियार, सशस्त्र प्रहरीका टाँघनडुब्बा विओपी प्रमुख रामेश्वर ढकाल , कुमरखोद इलाका प्रहरी कार्यालयका प्रमुख किरण मोक्तान ,बजार व्यवस्थापन समितिका सचिव मनोजकुमार राजवंशी तथा व्यापारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्