झापा, असोज १२ । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ ।

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वसीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।
त्यस्तै स्वीकृती बिना काठमाडौं उपत्यका समेत छाड्न नपाउने वक्तव्य जारी भएको छ । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले थप जनशक्ति आवश्यक भएको भन्दै गृह मन्त्रालयसँग माग गर्ने निर्णय गरेको जानकारी दिए ।





