झापा, असोज १३ । झापाको दमकमा करेन्ट लागेर एकजना विद्युत कर्मचारी गंभीर घाइते भएका छन् ।

हिजो दिउँसो ३ बजेतिर दमक नगरपालिका वडा न.८ बालुवाटारमा बिजुलीको पोलमा सडक बत्ती मर्मत गर्ने क्रममा बिद्युतको काम गर्ने करार कर्मचारी दमक ८ का ४३ वर्षीय तिलोचन बराललाई अचानक करेन्ट लागेको थियो ।

दाहिने हातमा करेन्ट लागेर लडेका बराललाई बिराट टिचिङ अस्पताल बिराटनगरमा लगि उपचार भइरहेको छ । उनको टाउको, दाहिने हात, बायाँ आँखामा चोट लागेको छ । अवस्था बोल्न नसक्ने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्