झापा, असोज १४ । ग्रेन्डर मेसिनले राँगाको खुट्टा काट्दा आफ्नै खुट्टा काटेर भद्रपुरका एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे भद्रपुर वडा.न.१ बस्ने ३५ वर्षीय रमेश परियारले आफ्नै घरमा राँगाको खुट्टा ग्रेन्डर मेसिनले काट्ने क्रममा अचानक आफ्नै बायाँ खुट्टा काटेर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । अत्यधिक रगत बगेर उपचारको क्रममा राति ८ बजे उनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट प्रहरी नायव निरीक्षक चन्द्रकुमारी चेम्जोङ कमाण्डमा टोली खटिएर बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्