झापा, असोज १५ । झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरी घाइते भएका छन् ।

हिजो दिउँसो ४ः४० बजे मेचीनगर –४ प्रसाद गौडास्थित भित्री सडकखण्डमा तिरिङखोलाबाट बाहुनडाँगीतर्फ आउँदै गरेको प्र.१–०१–०१७ प ८५१३ नं. मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार प्रहरीहरु घाइते भएका हुन् ।

मोटरसाइकल चालक सुनसरी बराहक्षेत्र २ घर भई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत बर्ष ३९ का प्रहरी हवल्दार डिकबहादुर थापा र सोही मोटरसाइकलमा पछाडि सवार पाँचथर फिदिम –२ घर र इप्रका गौरादह दरबन्दी भई इप्रका काँकरभिट्टामा कार्यरत वर्ष २७ का प्रहरी जवान अर्जुन राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । दुवै जनाको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्