झापा , असोज १५ । झापा गाउँपालिकामा पुलबाट लडेर दुईजना गंभीर घाइते भएका छन् ।

एकजना बिरिङ पुलबाट र अर्का माईखोलाको पुलबाट लडेर घाइते भएका हुन् । आज बिहान ९बजे झापा गाउँपालिका वडा नं.५ शरणामतिस्थित बिरिङ पुलमा तत्काल नामथर वतन नखुलेका अन्दाजी ३०–३५ बर्षका पुरुष कल्भर्ट माथिबाट लडेका हुन् ।

स्थानीयले देखेर जानकारी गराउनसाथ प्रहरी चौकी शरणामतिबाट प्रहरी टोली खटिएर घाइतेलाई उपचारका लागि बिर्तासिटी अस्पताल पठाएकोमा त्यहाँबाट थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर र त्यसपछि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । घाइतेले मादक पदार्थ सेवन गरेको बताइएको छ ।

त्यस्तै हिजो साँझ ५.३० बजे झापा गाउँपालिका वडा न.७ मदरगाछमा बन्दै गरेको माईखोला पुलमा काम गर्ने मिस्त्री भारत बिहार लालगढ बस्ने ४० वर्षीय महमद समसिद पुलबाट लडेर घाइते भएका छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको छ । कम्मर लगायत शरीरको विभिन्न भागमा चोट लागेका घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्