झापा , असोज १६ । झापाको बुट्टाबारीमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।


आज बिहान ९.३० बजे बिर्तामोड ६ स्थित बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल्तिर पल्टदा त्यसमा सवारमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य दुईजनाको अस्पताल लाँदै गर्दा मृत्यु भएको बताइएको छ । अन्दाजी ४५ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको हो । पहिचान खुल्न नसकेका मृतकको शव घटनास्थलमै रहेको छ ।

दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएकाले प्रहरी र स्थानीयले उद्धार गरि नजिकको अस्पताल लैजाने कार्य भैरहेको छ ।

( यसअघि प्रहरीले एकजनाको घटनास्थलमा र दुईजनाको अस्पतालमा मृत्यु भएको बताएकोमा पछि अस्पतालमा एकजना गरी जम्मा दुईजनाको मृत्यु भएको पुष्टि भएको छ )

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्