झापा, असोज १६ । जेनजी आन्दोलनका कारण विस्थापित भएका ट्राफिक प्रहरीहरु पुरानै लयमा नफर्किदा झापामा सवारी दुर्घटना बढेको छ ।

फूलपातीदेखि आज बिहानसम्म तीन दिन नवित्दै झापामा विभिन्न सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । आज बिहान बुट्टावारीमा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

आज बिहान ९ः३० बजे बिर्तामोड –६ गिरीबन्धु टि–इस्टेट अगाडी पूर्बपश्चिम राजमार्गमा बिराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४५९ नं को सगरमाथा यातायात यात्रुबाहक बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा बसका कन्डक्टर मोरङ रंगेली –२ बस्ने वर्ष ४२ का राजकुमार चौधरी र यात्रु सुनसरी इटहरी –११ बस्ने बर्ष ४६ का दिनेशकुमार भट्टराईको मृत्यु भएको हो । चौधरीको घटनास्थलमै र भट्टराईलाई उपचारका लागि लाँदै गर्दा ज्यान गएको हो ।

त्यस्तै हिजो महानवमीका दिन जिल्लाभरि ४ वटा सवारी दुर्घटना भएको छ । जसमा ६जना घाइते भएका छन् । त्यसको अघिल्लो दिन भएका ६ वटा दुर्घटनामा १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्