झापा, असोज १७ । ९ दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी भद्रपुर ४ की ४ वर्षीया बालिकाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

असोज ८ गते साँझ ६.५५ बजे भद्रपुर वडा न. ४ तारानगरस्थित भित्री सडक खण्डमा भद्रपुरबाट तारानगरतर्फ जाँदै गरेको प्र.१–०१–०१६ प ५४६४ न.को मोटरसाइकलले सोही ठाउँ बस्ने समिर रायमाझीकी छोरी वर्ष ४ की इन्दु रायमाझीलाई खेल्ने क्रममा ठक्कर दिएको थियो ।

शरीरको बिभिन्न भागमा चोट लागेर घाइते भएकी बालिकाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो । उपचारका क्रममा आज बिहान ७ः४० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्