झापा, असोज १७ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक प्रहरी हवल्दार शौचालयमा लडेर बेहोस भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४१ वर्षीय प्रहरी हवल्दार हेमु श्रेष्ठ आफ्नै कार्यालयको शौचालयमा पिसाब फेर्न जाने क्रममा हिजो दिउँसो लडेर बेहोस भएका हुन् ।
केहीबेरपछि होसमा आएका श्रेष्ठले प्रहरी सहायक हवल्दार केबीहाङ सबेन्हाङलाई फोनमार्फत जानकारी गराएपश्चात् उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो । मुटुसम्बन्धी चेकजाँच गर्नुपर्ने सोही अस्पतालका डाक्टरले सल्लाह दिएपछि उनलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । उनको उपचारमा श्रेष्ठकी श्रीमती प्रहरी हवल्दार मेनुका तामाङ संलग्न रहेको जनाइएको छ ।



