झापा, असोज १७ । झापाको कमल गाउँपालिकामा भएका सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । 

आज बिहान ११ः४० बजे कमल ––५ रवि पेट्रोल पम्पस्थित पूर्वपश्चिम लोकमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको मे १ ख २६९३ न को बसले सोही स्थानमा बाटो काट्दै गरेको अटोलाई ठक्कर दिँदा अटोमा सवार ४ जना घाइते भएका छन् ।

दुर्घटनामा अटो चालक मोरङ लेटाङ ९ बस्ने बर्ष ४९ का कृष्णबहादुर खड्का , सोही ठाउँ बस्ने बर्ष १८ का राम अधिकारी , बर्ष १८ कै प्रतीक अधिकारी र बर्ष १८ कै आयुष बुढाथोकी घाइते भएका हुन् ।

उनीहरुको दमक रिसर्च सेन्टर दमकमा उपचार भइरहेको छ । बस चालक शिवसताक्षी ५ बस्ने बर्ष ४६ का उमेश विश्वकर्मा उपचारमा संलग्न रहेका छन् ।

त्यस्तै आज मध्यान्ह १२ बजे कमल –७ पारुहाङ चोकस्थित भित्री पक्की सडकखण्डमा गेउरियाबाट सिर्जना चोकतर्फ जाँदै गरेको मे ८ प ५८५४ न.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १ –०५–००१ प ५९४२ न.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । ५८५४ न को मोटरसाइकल चालक कमल ७ बस्ने बर्ष ३० का सुजय राई , ५९४२ न. को मोटरसाइकलका चालक सुनसरी बराहक्षेत्र ९ बस्ने बर्ष ३५ का नवीन तिमल्सिना र सोही मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती बर्ष ३३ की सिर्जना ढुंगाना तिमल्सिना घाइते भएका छन् ।

गम्भीर अवस्थाका तीनैजनालाई लाइफलाइन अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्