झापा, असोज १७ । भद्रपुरमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा श्रीमान, श्रीमती र छोरासहित चारजना घाइते भएका छन् ।

आज साँझ ६ बजे भद्रपुर वडा न. ७ सयपत्री तेलीभिट्टास्थित भित्री सडकखण्डमा मन्त्री चौकबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे.६प ४५७ नं. को मोटरसाइकल र बिपरित दिशावाट जाँदै गरेको प्र.१–०१–०१३प ८१७ नं. को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मे.६प ४५७ नं. को मोटरसाइकलका चालक बिर्तामोड वडा नं.५ बस्ने बर्ष ३० का बिरबहादुर राजवंशी गंभीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।
त्यस्तै सोही मोटरसाइकलमा पछाडी सवार उनकी श्रीमती बर्ष २९ की दिविका राजवंशी र उनका छोरा ९ महिनाका सार्थक राजवंशी घाइते भएका छन् । तीनैजनाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै प्र.१–०१–०१३प ८१७ नं. को मोटरसाइकलका चालक भद्रपुर वडा नं.६ बस्ने बर्ष २३ का उदयराज कार्की पनि गंभीर घाइते भएका छन् । टाउकोमा चोट लागेका कार्कीको प्रादेशिक अस्पताल भद्रपुरमा प्रहरीको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।