झापा, असोज १८ । पाँचथरमा जिप अनियन्त्रित भएर दुर्घटना भएको खुलेको छ ।

आज बिहान ११ः३० बजे पाँचथरको कुम्मायक – ३ कार्तिकेमा ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको १२ जना सवार मे. १ ज ३०५५ नम्बरको महेन्द्र बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा ३ पुरुष र ३ महिला रहेका छन् । घाइते ५ जना (महिला–१, पुरुष–३ र बालक–१) लाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र १ जना पुरुषलाई जिल्ला अस्पताल फिदिम पठाइएको छ । जिप चालक पनि घाइते भएका छन् ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसहित प्रहरी , सेना र स्थानीय मिलेर घाइतेको उद्धार तथा र मृतकको शव निकालेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्