झापा, असोज १८ । जेनजी आन्दोलनपछि ठूलो महत्वाकांक्षा देखाएका राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईं भारत गएका छन् ।

आज दिउँसो बिर्तामोड –५ स्थित आफ्नो निवासबाट उनी पूर्वाञ्चल क्यान्सर अस्पतालको स्कोरपियो गाडीमा पानीट्यांकी नाका हुँदै भारत गएका हुन् । जेनजी आन्दोलनपछि आफूलाई प्रधान सेनापतिले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको प्रसाईले दावी गरेका थिए ।
कांग्रेस र एमालेप्रति आक्रामक रहेका प्रसाई वर्तमान अन्तरिम सरकारप्रति पनि खुशी देखिएका छैनन् । दशै, तिहार र छठ पर्वपश्चात् आन्दोलन गर्ने घोषणा गरेका प्रसाईको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।