झापा, असोज १९ । भारी वर्षाका कारण पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ ।

निर्माणाधीन एसियन हाइवेको डाइभर्सन ठाउँ ठाउँमा बगाएकाले सवारी आवागमन अवरुद्ध भएको हो । काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभरफ्लो भएर माथिबाट पानी बगिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले बताए ।
त्यस्तै माइधार र दुधेबिचको डाइभर्सन पनि बगाउँदा यात्रुहरु अलपत्र परेको जनाइएको छ । लामो दुरीका सवारी साधनहरुलाई हिजैबाट चल्न रोक लगाइएको छ ।



