झापा, असोज १९ । पहिरोले इलामको माङसेबुङमा घर पुर्दा ३ जनाको मृत्यु भएको छ ।

फाइल फोटो

माङसेबुङ गाउँपालिका –१ पार्टी गाउँ बस्ने मदन लिम्बुको काठ र टिनको छानो भएको एक तले घरलाई घर माथिबाट खसेको बाँस र माटोसहितको पहिरोले पुरेको हो ।

प्रहरी चौकी गजुरमुखी इलामबाट प्रहरी सहायक निरीक्षक घनश्याम यादवको कमाण्डमा प्रहरी टोली खटिएर उक्त घरमा ८ जना परिवार बस्दै आएकोमा ५ जनालाई सकु्शल उद्धार गरिएको छ । ३ जना मृत अवस्थामा फेला परेका छन् । मृतक र घाइतेहरुको नाम खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्