झापा,असोज १९ । इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

शनिबार राति गएको पहिरोमा परी इलाम नगरपालिका–६ घोसमा मात्रै ६ जनाको ज्यान गएको छ ।
यस्तै, देउमाई नगरपालिका–५ धुसेनीमा २, धारेमा १, सन्दकपुर गाउँपालिका–१ छाँगेमा १, माइजोगमाई गाउँपालिका–५ प्याङमा ४, माङसेबुङ गाउँपालिका–१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका–१ रातमाटेमा १ र सूर्योदय–१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको सम्बन्धित पालिकाका जनप्रतिनिधि र स्थानीयले बताएका छन् ।
सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका बेपत्ता भएकी छन् । त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा २ जना गम्भीर घाइते भएका छन् ।
विभिन्न स्थानमा गएको पहिरोले इलाममा मात्रै १२ जनाभन्दा धेरै बेपत्ता भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनका अनुसार पहिरोले दर्जनौं घरमा क्षति पु¥याएको छ भने माङसेबुङको पहिरोपीडितको उद्धारका लागि हेलिकोप्टर मगाइएको छ ।



