झापा, असोज १९ । भारी वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले झापामा ५ हजार ४८१ परिवारका २५ हजार २३१ जना विस्थापित भएका छन् ।

सवैभन्दा बढी झापा गाउँपालिकाका ५ हजार १८९ परिवारका २३ हजार ९८८ जना विस्थापित बनेका छन् । झापा गाउँपालिकाको वडा नं १ ,२ , ३ ,६ र ७ प्रभावित बनेको हो । झापा गाउँपालिकाको जनसंख्या ३९३०२ रहेको छ । बाढीबाट ६० प्रतिशतभन्दा बढी प्रभावित बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाले निकालेको तथ्यांक अनुसार झापा गाउँपालिकापछि गौरीगञ्जमा क्षति भएको छ । गौरीगञ्जका १८५ परिवारका ८४६ जना विस्थापित बनेका छन् । दुवै पालिकाका बासिन्दाहरु माई खोलाको बाढीले प्रभावित बनेका हुन् । त्यस्तै माई खोलाकै बाढीबाट शिवसताक्षी नगरपालिकाका ४७ परिवारका १८२ जना विस्थापित बनेका छन् । त्यस्तै मेची नदीमा आएको बाढीका कारण भद्रपुर ५ का २७ परिवारका ९० जना विस्थापित भएका छन् ।

त्यस्तै गौरादहका ३१ परिवारका १४४ जना र अर्जुनधाराका एक परिवारका पाँचजना विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्