झापा, असोज १९ । झापा गाउँपालिकाका बाढीपीडितहरुलाई सेनाको हेलिकप्टर मगाएर उद्धार गरिएको छ ।

वडा नं २ मिलन बस्तीका बाढीपीडितहरुलाई सेनाको हेलिकप्टर र डुंगाद्वारा उद्धार गरी सुरक्षित स्थानमा लगिएको हो । मिलन बस्तीका १६ जना बालबालिकालाई हेलिकप्टरद्वारा र ३० जनालाई डुंगाद्वारा उद्धार गरी रेडक्रस भवनमा लगेर राखिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । उद्दारको लागि श्री नं.२१ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठ, पाईलट में. से. प्रशान्त पाण्डेसहित १/५ नफ्रिमा नेपाली सेनाको NA 054 नम्वरको हेलिकप्टर आएको थियो ।

त्यस्तै उद्धारका लागि नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीले ४ वटा डुंगा प्रयोग गरेका थिए । उनीहरुलाई विद्यालय र सामुदायिक भवनमा राखिएको छ । झापा गाउँपालिकामा १५ सय घरधुरीभन्दा बढी विस्थापित भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्