झापा, असोज २० । सशस्त्र प्रहरी बलले झापामा २५२ जना बाढीपीडितको सकुशल उद्धार गरेको छ ।

शनिवार बेलुकाबाट भएको अविरल बर्षाको कारण झापा जिल्लाका झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका र गौरीगंज गाउँपालिकाको अधिकांश स्थानहरुमा भएको बाढी, डुवान तथा कटानको विपद्मा परेकाहरुलाई उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाबाट सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीको कमाण्डमा ३१ वटा टोली गरी जम्मा २९० जना परिचालन भई २५२ जनालाई सकुशल उद्धार गरिनुका साथै ४८९ घरधुरीका १६६४ जना सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्