झापा, असोज २१ । लागूऔषध ब्राउनसुगरसहित झापाको गौरीगंजमा दुईजना पक्राउ परेका छन् ।

हिजो दिउँसो २ बजे गौरीगंज गाउँपालिका वडा नम्बर २ बाहुन टोलमा दक्षिण पिण्डलघुटुबाट उत्तर तुलाचन चौकतर्फ आउँदै गरेको मे ३ प ३५४० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कोरोबारीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा पछाडी सवार दमक नगरपालिका वडा नम्बर ८ प्रगति टोल बस्ने २३ वर्षीय चन्दन रायको साथबाट प्लाष्टिकबाहेक १५ ग्राम, ५१० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

रायसंगै मोटरसाइकल चालक मोरङ रतुवामाई ३ महादेवा बस्ने ३४ वर्षीय बिमल कामत समेतलाई नियन्त्रणमा लिई दुवैलाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्