झापा, असोज २१ । झापाको दमकमा सुतेकै ठाउँमा एक बालक मृत फेला परेका छन् ।

दमक वडा न.५ धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा ५ वर्षीय लविस रिमाल बेलुकाको खाना खाई बुवा चन्द्रमान रिमालसँग आफ्नै अढाई तले घरको तल्लो तलाको कोठामा सुतेकोमा विहान ६ बजे उठेर हेर्दा उतानो परी मृत अवस्थामा फेला परेका थिए ।

बिहान ७ बजे इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त भएपछि टोली खटिएर थप अनुसन्धान तथा कानुनी प्रकृया शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्