झापा, असोज २१ । झुम्का कारागारबाट फरार एकजना कैदीले झुन्डिएर आत्महत्या गरेका छन् ।

आज बिहान ८ बजे उदयपुर त्रियुगा नगरपालिका वडा नं ८ साहीखोलास्थित व्याडमिन्टन कवर्ड हलनजिक सोही ठाउँ बस्ने २५ वर्षीय गम्भीर दनुवारले सिसौको रूखमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् ।

ज्यान मार्ने उद्योग मुद्धामा कैद भुक्तान गरिरहेका दनुवार जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्