झापा, असोज २१ । ताप्लेजुङमा बोलेरो पल्टिदा तीन जना घाइते भएका छन् ।

आज बिहान ९ बजे ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ मिचिरीङमा निगुरादिनबाट फुङलिङ सदरमुकामतर्फ जाँदै गरेको मे १ ज २५१९ बोलेरो बाटोमा पल्टिएको हो । गाडीमा सवार ११ जनामध्ये तीनजना घाइते भएका हुन् । घाइते हुनेहरुमा ताप्लेजुङ सिदिङवा –५ लिम्बुदिन बस्ने वर्ष २५ की सविना श्रेष्ठ , आठराई त्रिवेणी –३ हाङपाङ बस्ने वर्ष २६ की रञ्जिता लिम्बू र आठराई त्रिवेणी –१ निगुरादिन बस्ने घनश्याम ब्याङ्गु ( बोलेरो चालक) रहेका छन् ।
दुर्घटनाका कारण अवरुद्ध बाटो खुलाउने पहल भइरहेको र घाइतेलाई उपचारको लागि पाँचथर फिदिमतर्फ पठाइएको प्रहरीले जनाएको छ ।



