झापा, असोज २१ । ओखलढुङ्गामा लडेर नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे ओखलढुङ्गा चिशंखुगढी –१ कुईभिर बस्ने सोलुखुम्बु भगवती प्रसाद गुल्ममा कार्यरत नेपाली सेनाका अमल्दार ३५ वर्षीय गुणराज अधिकारी आफ्नै घरनजिक रहेको ओदालको रुखमा चढी घाँस झार्ने क्रममा रुखको हाँगा भाँचिएर लड्दा घाइते भएका थिए ।
घाइतेलाई उपचारको लागि ओखलढुङ्गा सामुदायिक अस्पताल ओखलढुङ्गामा ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
यता हिजो दिउँसो १;१५ बजे वडा प्रहरी कार्यालय हाटखोला मोरङ दरबन्दी भई इलाका प्रहरी कार्यालय पथरीमा कार्यरत प्रहरी जवान राजेन्द्रप्रसाद यादवले कार्यालय कम्पाउण्डमा आफ्नै प्र २–०२–००३ प ८५६६ नं.को मोटरसाइकल धोएर स्टार्ट गरी चेन सफा गर्ने क्रममा उनको दाहिने हातको बुढी औला चेनमा अड्किन गई औला चुँडिएको छ । घाइतेलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डबी अस्पताल काठमाण्डौ रेफर गरिएको छ ।



