झापा, असोज २१ । राजवंशी उद्योग व्यवसाय विकास समितिले झापा गाउँपालिकाका बाढीपीडितहरुलाई राहत वितरण गरेको छ ।

राजवंशी उद्योग व्यवसाय विकास समिति सम्पर्क कार्यालय कन्काई ८ का अध्यक्ष रूपक राजवंशी ,उपाध्यक्ष पूर्णप्रसाद राजवंशी, उपाध्यक्ष भरत राजवंशी ,सचिव जीवन राजवंशी, सहकोषाध्यक्ष रमेश राजवंशी ,सदस्य बैजन्तकुमार सिंह राजवंशीलगायतले विस्थापित बाढीपीडितहरुले आश्रय लिइरहेको रेडक्रस भवनमा पुगेर राहत वितरण गरेका हुन् । आफूहरुले हिजो खाना र खाजाको लागि खाद्यान्न सामग्री उपलव्ध गराएको समितिका सदस्य बैजन्तकुमार सिंह राजवंशीले बताए ।
यसैबीच हिजो बाढीपीडितहरुलाई राहत बितरण गर्न जाने क्रममा पन्थापाडाको बाटोमा मोटरसाइकल दुर्घटनामा परी समितिका उपाध्यक्ष उपाध्यक्ष भरत राजवंशी र उनका भाइ दिपेन्द्र राजवंशी घाइते भएका छन् ।



