कुमरखोद , असोज २१ । झापा गाउँपालिकाको एक फर्ममा बाढीका कारण एक हजार कुखुरा मरेका छन् ।

झापा गाउँपालिका वडा नं ३ टप्पु बस्ने सुरज राजवंशीको झापाली कृषि फर्ममा रहेका कुखुराहरु असोज १९ गते आएको वाढीका कारण डुवेर मरेका हुन् । राजवंशीका अनुसार अवको ४–५ दिनमा ती कुखुरा बेच्ने तयारी रहेको थियो । उनले कुखुरा मर्दा करिव ९ लाख बराबरको क्षति भएको जानकारी दिएका छन् ।



