झापा, असोज २२ । झापाको सबैभन्दा ठूलो दशै मेलाको रुपमा परिचित बाह्रदशी ५ को फूलवारी मेलामा करिव ७ हजार जना आएको अनुमान गरिएको छ ।

बाह्रदशी ५ स्थित दुर्गा मन्दिरमा फूलबारी दुर्गा पुजा मेला समितिको आयोजनामा कोजाग्रत पूर्णिमाको दिन बर्षेनि सो धार्मिक मेला लाग्दै आएको छ । अन्दाजी २ हजार जनाको उपस्थितिमा सुरु भएको मेलामा अन्दाजी ७ हजार जना आएको प्रहरीले अनुमान गरेको हो ।
मेला अवधिभर १०–१५ हजारको हाराहारीमा मानिस उपस्थित हुन सक्ने अनुमानसहित प्रहरी चौकी फूलबारी र इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायव निरीक्षक बलकुमार राईको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको थियो । पछि इलाका प्रहरी कार्यालय राजगढबाट ८ जनाको टोली थपिएको थियो । सो मेलामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि कार्यकर्तासहित घुम्न गएका थिए ।



