झापा, असोज २२ । स्कुटर दुर्घटनामा एक महिला प्रहरी सहायक निरीक्षक(असई) घाइते भएकी छन् ।

गएराति ९ बजे उदयपुर बेलका वडा नं.८ सेती खोलामा इटहरीबाट गाईघाटतर्फ जाँदै गरेको म. प्र. –०१–०४४ प ९७६७ न. को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक उदयपुर त्रियुगा वडा नं. १३ असारी बस्ने नेपाल प्रहरी प्रधान कार्यालय तालिम शाखा नक्साल दरबन्दी भई उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक २६ वर्षीया तुलसा कार्की घाइते भएकी हुन् ।
उनको निधार, अनुहार र बाँया घुँडामा चोट लागेको छ । घाइतेको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



