झापा, असोज २२ । झापा गाउँपालिकाका ६३६ बाढीपीडित परिवारलाई आज राहत वितरण हुँदैछ ।

वडा नं १ र २ का त्यति बाढीपीडत परिवारलाई राहत वितरण भइरहेको हो । वडा नं १ को मिलनबस्तीका ८९ , सालमाराका २८८ , वडा नं २ को सुगाबथानका ६६ र कुवाडीका १९३ परिवारलाई प्याकेजअनुसार राहत वितरण गरिएको हो ।
प्याकेज अनुसार प्रतिपरिवार चामल १ बोरा(केजी), तेल १ लिटर , नुन २ केजी , आलु ५ केजी , दाल २ केजी , पानी १ काटुन , म्याट २ थान र कम्बल २ थान वितरण गरिएको हो । जुन एकद्वार प्रणालीबाट वितरण भइरहेको जनाइएको छ । वडा नं १ का बाढीपीडितका लागि रेडक्रस भवन र २ का लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा वितरण भइरहेको छ।



