झापा,असोज २२ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका १० विषयगत समिति र दुई संयुक्त समितिका सभापति, पाँच राजनीतिक दलका प्रमुख सचेतकका साथै सचेतकलाई उपलब्ध गराएका सवारी साधन फिर्ता भएका छन् ।


संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाका विषयगत समिति र दलका प्रमुख सचेतक र सचेतकहरूलाई उपलब्ध गराइएका गाडीहरू फिर्ता भएको जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार अर्थ समिति सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खान र कानुन न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदीले संघीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् ।
त्यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साह, राज्य व्यवस्था तथा सुशासन समिति सभापति ईश्वरीदेवी न्यौपाने र पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले पनि सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापा र सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले पनि गाडी फिर्ता गरेको प्रवक्ता गिरीले बताए ।
त्यस्तै संघीय संसदका दुई संयुक्त समिति (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सभापतिले पनि सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् । दुवै समितिमा प्रतिनिधिसभा सदस्य सभापति रहेकाले उनीहरूले गाडी फिर्ता गरेका हुन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापति ठाकुर गैरे र संसदीय सुनुवाइ समिति सभापति रामहरि खतिवडाले गाडी फिर्ता गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्