झापा,असोज २३ । बिगत १५ वर्षदेखि अलपत्र भइरहेको गौरीगंज र झापा गाउँपालिका जोड्ने कन्काई पुललाई तत्काल वनाउन सुरु गर्नु पर्ने माग राख्दै बिभिन्न नारा लेखिएका प्लेकार्डसहित स्थानीयवासीले एक घण्टा धर्ना दिएका छन् ।

बुधवार बिहान १० देखि ११ बजेसम्म गौरीगंज गाउँपालिका १ स्थित कन्काई माईपुलमा करिव १७÷१८ जना स्थानीयवासीहरु स्थानीय मुकेश राजवंशीको नेतृत्वमा गौरीगंज र झापा गाउँपालिका जोड्ने पुल बिगत १५ वर्षदेखि हुँदा स्थानीयवासीहरुले वर्षायाममा धेरै सास्ती पाएको र वर्षेनि माईखोलाको पानी वस्तीमा पसेर अन्नवाली र धनजनको क्षति गरेकाले तत्काल बनाउन सुरु गर्नु पर्ने माग राखेका हुन् ।
यो कार्यक्रमबाट स्थानीय सरकार , प्रदेश सरकार र केन्द्रीय सरकारलाई बिरोधस्वरुप ध्यानाकर्षण गराइएको र तत्काल पुल बनाउन सुरु नगरे फेरि बिरोध कार्यक्रम गर्ने उनीहरुले बताएका छन् ।