झापा,असोज २३ । जेन–जीको माग सम्बोधन नभएको भन्दै माइतघर मण्डलामा प्रदर्शन गर्न गएका अभियन्ता डा निकोलस भुसाल पक्राउ परेका छन् ।

बिहीबार बिहान उनी र सुरेन्द्र घर्तीसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले माइतीघर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भुसालले त्यति ठूलो आन्दोलनपछि बनेको सरकारले जेन–जीको माग पूरा गर्न नसकेको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्