झापा, असोज २३ । यस वर्षको दशैमा झापामा ४ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

गत असोज ६ गते घटस्थापनादेखि असोज २० गते कोजाग्रत पूर्णिमाको दिनसम्म जिल्लामा ४ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् । सो अवधिमा ५५ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ६ जना गंभीर घाइते र १०६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको दशैमा दुर्घटना संख्या र दुर्घटनाबाट भएको क्षति घटेको हो ।


गत वर्षको दशैँमा सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्