झापा, असोज २३ । जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा सहादत प्राप्त शहीदहरूप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले बिर्तामोडमा दीप प्रज्वलन गरेको छ ।

रास्वपा बिर्तामोड नगर समिति आयोजनामा आज साँझ ६ बजेदेखि बिर्तामोडको मुक्तिचोकमा बिर्तामोड नगर समिति अध्यक्ष दिपक दाहालको अध्यक्षतामा जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा सहादत प्राप्त शहीदहरूप्रति श्रद्धा सुमन सभा तथा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा नगर अध्यक्ष दाहालले जेन्जी र रास्वपाका मागहरु एउटै रहेको भन्दै जेन्जीका सबै मुद्धा सरकारले पूरा गर्न आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्