झापा, असोज २४ । करिव एक सातादेखि बेपत्ता मेचीनगर– १ देवीगन्ज बस्ने २५ वर्षीय सुजन राजपुतको शव सडेको अबस्थामा फेला परेको छ ।

हिजो दिउँसो ४.३० बजे मेचीनगर १ स्थित सिता पाण्डेको धान खेतमा सडिगली उतानो अवस्थामा राजपुतको शव फेला परेको हो । स्थानीयले शव देखेर प्रहरी चौकी तिरिङखोलामा जानकारी गराएका थिए । प्रहरीले कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।
उनी असोज १७ गतेदेखि कोही कसैलाई जानकारी नगराई घर छाडेर बेपत्ता भएका थिए ।



