झापा, असोज २४ । गएराति बिर्तामोड ८ मा जुवा खेल्दै गर्दा पक्राउ पर्ने जुवाडेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड ८ बस्ने बर्ष ३५ का कालीप्रसाद राजवंशी, सोही ठाउँ बस्ने बर्ष ५३ का भानु दाहाल, बर्ष ४६ का राजन भट्टराई, बर्ष ३१ का दिलिपप्रसाद राजवंशी, बर्ष ५० का ओमनाथ उप्रेती , बर्ष २५ का निरज रोक्का, बर्ष २९ का मनिष पौडेल, बर्ष ३५ का कुबेर मैनाली, बर्ष २६ का मनोज पौडेल , बर्ष ३७ का स्वस्तिक ओली र बर्ष ३० का प्रितम उप्रेती रहेका छन् ।
राति १० बजे बिर्तामोड ८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवाजन्य तास खेलिरहेको अबस्थामा उनीहरु पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घरधनी उप्रेतीसहितलाई जुवाजन्य तास खेलिरहेको अवस्थामा एक बुङ तास, नगद २ लाख १५ हजार ५५० रुपैयाँ र ९ थान मोबाइलसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।



