झापा, असोज २४ । झापाको शिवसताक्षीमा स्कुटर र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ भने दुईजना गंभीर घाइते भएका छन् ।

आज दिउँसो अन्दाजी १ः२० बजे शिवसताक्षी – १ मन्दिर टोलस्थित भित्री पक्की सडकखण्डमा पाराबारीबाट धरमपुर चौकतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प ९३५८ नं को स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको प्र.१–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक बिर्तामोड –५ बस्ने अन्दाजी बर्ष–२५ की निरूता भट्टराई , सोही स्कुटी पछाडी सवार सिन्धुपाल्चोक चिम्लिङबेसी –४ बस्ने बर्ष–३४ का सिताराम पराजुली गंभीर घाइते भएका थिए । त्यस्तै मोटरसाइकल चालक मोरङ उर्लाबारी –१ बस्ने अन्दाजी बर्ष–३१ का सुरज कार्की पनि गंभीर घाइते भएका थिए ।

तीनैजना गम्भीर घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएकोमा स्कुटी चालक निरुता भट्टराईलाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका छन् । अन्य दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्