झापा, असोज २४ । विश्वका विभिन्न मुलुकमा रहेका झापालीहरुको छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाँई निर्वाचित भएका छन् ।

आज झापाको बिर्तामोडमा भएको संस्थाको पाँचौ महाधिवेशनले चम्लागाँईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।झापा बाह्रदशीका चम्लागाई हाल कतारमा बस्दै आएका छन् । उनी सफल व्यवसायीसँगै सामाजिक अभियन्ताको रुपमा परिचित छन् ।यसअघि उनी समाजको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
समाजको वरिष्ठ उपाध्यक्षमा दीपक चुडाल चयन भएका छन् । समाजको उपाध्यक्षमा नगेन्द्रप्रसाद पोखरेल (नवीन) (कतार), चुडामणि कार्की (कतार), महिला उपाध्यक्षमा सीता पाण्डे चयन भएका छन् ।
त्यस्तै महासचिवमा चिरन खवास चयन भएका छन् ।समाजको सचिवमा भवानीप्रसाद कोइराला र अजय राजवंशी, कोषाध्यक्षमा उमेश पोखरेल र सह कोषाध्यक्षमा रविन गिरी चयन भएका छन् ।
ओशनिया क्षेत्रीय संयोजकमा निरन्जन प्रसाई (अष्ट्रेलिया), मध्यपूर्व क्षेत्रीय संयोजकमा केशव कार्की कतार), मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा टीका धिताल (ओमन), युरोप संयोजकमा लोकेन्द्र नेपाल (बेल्जियम) , युरोप उपसंयोजक प्रकाश गिरी( नेदरल्याण्डस्) , अमेरिका क्षेत्रीय संयोजकमा आशिष संग्रौला , अमेरिका उपसंयोजकमा डिल्ली थापा चयन भएका छन् ।